logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हुलाकी सडकको सिघाई खोलामा बन्यो कलभर्ट, आउजाउमा सहजता


  • उज्यालो अभियान

ब्रह्मपुरी, १७ पुस – पूर्वपश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, स्थित सिङ्घाई खोलामा फराकिलो किसिमको नयाँ कलभर्ट निर्माण गरिएको छ ।

यो ठाउँमा यसअघि चार मिटरको साँघुरो कलभर्ट हुँदा सवारी साधन वारपार गर्न समस्या हुँदै आएको थियो । वर्षायाममा कलभर्टको दायाँबायाँ बारम्बार खाल्डो पर्ने र कलभर्टसमेत जिर्ण हुँदा सवारी चालक र यात्रुले सास्ती बेहोर्दै आइरहेका थिए ।

हुलाकी सडक योजना कार्यालयले सिङ्घाई खोलामा अहिले भने ११ मिटर फराकिलो कलभर्ट निर्माण गरेको हो । नवनिर्मित कलभर्टबाट सवारी साधन सञ्चालन हुन थालिसकेका छन् ।

छ करोड रुपियाँ बजेटबाट सिङ्घाई खोला र हुलाकी राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको धनकौल गाउँपालिकास्थित महिनाथपुरमा अर्को एउटा कलभर्ट निर्माण गरिने हुलाकी सडक योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रन्जित यादवले जानकारी दिए ।