परवानीपुर, १७ पुस सर्लाहीको उत्तरी चुरेभेगमा एक हप्तापछि आज बिहानैबाट पारिलो घाम लागिरहेको छ ।
उत्तरी भेगको घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला, अत्रौलीलगायत ठाउँहरुमा आज धेरै दिनपछि न्यानो हुने गरी घाम लागेको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगमा भने बाक्लो मात्रामा हुस्सु लागेर शीतलहर चलिरहेकै छ ।
पूर्वपश्चिम राजमार्गको लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत क्षेत्रमा बिहान घाम लाग्ला जस्तो भई मौसम उघ्रिए पनि अहिले फेरि डम्म हुस्सु लागेर शीतलहर चलिरहेको स्थानीयले बताएका छन् । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा त बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर यथावत् नै छ ।
यहाँ एक सातादेखि घाम लाग्न नसक्दा चिसोका कारण जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ ।