logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

योन्जनले कांग्रेस छाडे


  • उज्यालो अभियान

लालबन्दी, १७ पुस – केही वर्षअघि नेकपा माओवादी केन्द्र परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका इन्द्रबहादुर योन्जनले कांग्रेस पनि छाडेका छन् ।

लालबन्दी नगरपालिका ७ निवासी कांग्रेस सर्लाहीका वर्तमान सह–सचिव समेत रहेका योन्जनले पार्टीको साधारण सदस्यधरी नरहने गरी पार्टी परित्याग गरेका हुन् । योन्जनले आज जिल्ला कार्य समितिका सभापतिलाई पत्र लेख्दै आफूले पार्टी छाडेको जानकारी गराएका छन् ।

योन्जनले आफू तत्काल स्वतन्त्र बसी चाँडै राष्ट्र निर्माण र जनताको हितमा काम गर्ने दलमा प्रवेश गर्ने उज्यालो अभियानसँग बताएका छन् ।