बरहथवा, १७ पुस – सर्लाहीको बरहथवामा आज एक जना उखु किसानले काटिसकेको उखुको पात (पत्कर) जलाउँदा छेउकै विद्यालयमा आगलागी भएको छ ।
आगलागीबाट बरहथवा नगरपालिका–६ मा रहेको सूर्योदय तारक माध्यमिक विद्यालयमा क्षति पुगेको हो । आगलागीबाट विद्यालयको ३ वटा कोठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । प्रहरीले आगलागीको सम्वन्धमा अनुसन्धान गरिरहेको छ ।
आगोले विद्यालयको डेक्सबेन्च जलेपछि पठनपाठनमै असर पर्ने भएको छ । आगलागी गाउँले र प्रहरी मिलेर निभाएका छन् ।