logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यार्थीलाई न्यानो प्रदान


  • उज्यालो अभियान

लालबन्दी, १६ पुस – लालबन्दी नगरपालिका–५, रन्जितपुरमा रहेको आदर्श प्राथमिक विद्यालयका विद्यार्थीलाई आज न्यानो प्रदान गरिएको छ ।

विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई लालबन्दी निवासी सन्तोष दाहालले जुत्ता, मोजा र टोपी तथा लायन्स क्लब अफ सेन्चुरी लालबन्दीका पूर्व अध्यक्ष गोपालबहादुर श्रेष्ठले १०० थान ब्याग प्रदान गरेका हुन् । उद्योग वाणिज्य संघ लालबन्दीको पहलमा उनीहरुले विद्यालयमा अध्ययनरत् सम्पूर्ण गरिब समुदायका बालबालिकालाई यस प्रकारको सहयोग गरेका विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिए ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोसहित अन्य पदाधिकारी र सहयोगीदाताले विद्यालयमै पुगेर बालबालिकालाई सहयोग सामग्री प्रदान गरेका हुन् ।