logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुर १० बालविवामुक्त घोषणा


  • उज्यालो अभियान

बेला खैरा, १६ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, बेलालाई आज बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

वडास्तरीय बाल अधिकार समितिका संयोजक तथा वडाध्यक्ष राशनारायण चौधरीको अध्यक्षता तथा नगर उपप्रमुख रन्जितादेवी चौधरीको प्रमुख आतिथ्यतामा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । ईश्वरपुरमा यसअघि वडा नं. ४ सागरनाथ र वडा नं. १२ कालिन्जोर घारिबथान बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् ।

नगरमा अन्य वडा र नगरपालिकालाई नै बालविवाहमुक्त बनाउन ग्रामीण नारी उत्थान संघ, सेभ द चिडे«न र वडा तथा नगरपालिका कार्यालयले समन्वय गरेर काम गरिरहेका छन् ।

ईश्वरपुर १० लाई आज विवाहमुक्त वडा घोषणा समारोहमा सहभागी सबैले बालविवाह नगर्ने/नगराउने प्रतिवद्धता व्यक्त गरेका छन् भने वडा कार्यालयले बालविवाहमुक्त वडा बनाउन सहयोह गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानसमेत गरेको छ ।