लालबन्दी, १५ पुस – सर्लाहीको लालबन्दी र ईश्वरपुरमा आज नेपाल मगर संघको नयाँ नेतृत्व चयन गरिएको छ ।
दुवै पालिकामा संघको दोस्रो नगर अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिएको हो । जस अनुसार लालबन्दीमा बेनी आले मगर अध्यक्ष रहने गरी २१ सदस्यीय र ईश्वरपुरमा कृष्णबहादुर पूर्वछाने मगर अध्यक्ष रहने गरी २५ सदस्यीय नेपाल मगर संघ नगर समिति चयन गरिएको हो ।
लालबन्दीमा आले र ईश्वरपुरमा पुर्वछाने यसअघि पनि अध्यक्ष रहेका छन् । लालबन्दीमा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली मगरको र ईश्वरपुरमा संघका जिल्ला अध्यक्ष पूर्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा संघको पालिका अधिवेशन सम्पन्न गरिएको हो ।
पालिकाहरुको अधिवेशन सकेर अब पुस १९ गते संघको जिल्ला अधिवेशन बागमतीस्थित मिलनचोक मगर गुम्बामा गर्ने तयारी भइरहेको नेपाल मगर संघ सर्लाहीका पूर्व जिल्ला अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।