मलंगवा, १५ पुस – डिभिजन वन कार्यालय सर्लाहीले आजदेखि विभिन्न सार्वजनिक स्थलहरुमा दाउरा वितरण गर्न सुरु गरेको छ ।
शीतलहर र कठ्यांग्रिदो चिसोले जनजीवन कष्टकर बनेपछि आजदेखि सार्वजनिक स्थल, कार्यालय परिसर, चोक, बजारमा दाउरा वितरण गदै आगो ताप्ने व्यवस्था मिलाइएको सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले जानकारी दिए । उनका अनुसार आज कारागार कार्यालय, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, प्रादेशिक अस्पताल र चोकमा दाउरा वितरण गरेको हो ।
अहिले चिसोले सबैभेग प्रभावित भएपनि सरोकारवाला निकायले सबै ठाउँमा दाउरा तथा न्यानोजन्य सामग्री वितरणमा बेवास्ता गरेको गुनासो आइरहेको छ ।