logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रोकिएन तुसारो, बाहिर निस्कनै मुस्किल


  • उज्यालो अभियान

लालबन्दी, १४ पुस – सर्लाहीमा आज पनि तुसारो परिरहँदा जनजीवन कष्टकर बनेको छ ।

बाहिर निस्कँदा पानी छिट्याएको झैँ भिज्ने गरी नै तुसारो पर्दा अत्यधिक जाडो भई जनजीवन प्रभावित बनेको हो । सर्लाहीमा तीन दिनदेखि घाम नलागेर यसरी शीतलहर जारी रहँदा जनजीवन नराम्ररी प्रभावित बनेको हो ।

सर्लाहीको उत्तरी भेगमा गएको सुक्रबारसम्म दिउँसोपख पारिलो घाम लागेकोमा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने त्यही दिनदेखि नै घाम देखा परेको छैन् । हिजोदेखि त अझ बिहानैदेखि तुसारो परिरहेकाले थप समस्या पैदा भएको हो ।

जिल्लाको सबैभेगमा रातदिन तुसारो परिरहेको हाम्रा संवाददाताले जनाएका छन् । चिसोले बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति तथा विपन्न बर्गका मानिस बढी प्रभावित बनेका छन् ।

यो बेला सकेसम्म घरभित्रै न्यानो भएर बस्न, ताता र झोलिला खानेकुरा प्रशस्त खान र बालबच्चा तथा दीर्घ रोगीहरुको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् ।

अहिले स–साना बालबालिकासहित अन्य मानिसमा चिसोजन्य स्वास्थ्य समस्या बढ्न थालिसकेको छ ।