सांकेतिक तस्बीर ।
बयलवास, १४ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको नारायण बहुमुखी क्याम्पसका कम्प्युटर चोरी भएका छन् ।
गएराति अपरिचित व्यक्तिहरु आएर ११ थान मोनिटर, पाँच थान सिपियू र सिसीटिभी क्यामेरा चोरी गरेर लगेका क्याम्पस प्रमुख बाबुराम बरालले जानकारी दिए । आज बिहान क्याम्पस सञ्चालनका लागि ढोका खोल्दा चोरी भएको थाहा भएको क्याम्पस प्रमुख बरालले बताए ।
उनका अनुसार ढोका फोडेर सुरुमा सिसीक्यामेराको लाइन काटेर चोरी भएको छ । चोरको समूहले क्याम्पसमा विद्यार्थीले अनुसन्धान गरेर बुझाएको विभिन्न वर्षको थेसिससमेत नष्ट गरेको क्याम्पसले जनाएको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जले क्याम्पसमा चोरी भएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले शङ्कास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको बताए ।