logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको मौसम : आज हुस्सु कम, तुसारो जारी


  • उज्यालो अभियान

लालबन्दी, १३ पुस – सर्लाहीमा आज हुस्सु, कुहिरो कम लागे पनि तुसारो परेर चिसो नै रहेको छ ।

यहाँ हिजो, अस्ती जस्तो शीतलहर र हुस्सु कुहिरो कम रहेकाले सर्वसाधारणले तुलनात्मक रुपमा चिसो केही कम भएको महसुस गरेका छन् । आज मौसम केही उघ्रिएकाले सर्वसाधारण घाम लाग्ने आशमा बसेका छन् ।

यहाँ हिजो पनि दिनभर नै घाम नलाग्दा जनजीवन कष्टकर बनेको थियो । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा, अशक्तसँगै विपन्न वर्गका मानिस बढी प्रभावित भइरहेका छन् ।