logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवा वितरण केन्द्र अन्तर्गत भोलीदेखि ५ दिन दिनभर बत्ती काटिने


  • उज्यालो अभियान

मलंगवा, १३ पुस – नवलपुर–मलंगवा ३३ केभी लाइनमा भोलीदेखि पुनः बाँकी रहेको कडक्टर अपग्रेडिङ अर्थात पुरानो तार हटाइ नयाँ तार जडानको काम सुरु गरिने भएको छ ।

नेपाल विद्युत प्राकिरणको मलंगवा वितरण केन्द्रले यसअघि गर्मीयाममा दिनभर लाइन काटेर तार फेर्ने काम गर्दा चर्को विरोध भएपछि काम रोकिएको थियो । मलंगवा वितरण केन्द्रले आज सूचना जारी गर्दै अब भोली १४ गते सोमबारदेखि १८ गते शुक्रबारसम्म विद्युत कटौति हुने जनाएको छ । ५ दिनसम्म बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म लाइन अवरुद्ध तथा अनियमित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

५ दिनसम्म दिनभर नै बिजुली अवरुद्ध हुने हुँदा सदरमुकाम मलंगवासहित मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीबाट हुने व्यक्तिगत तथा सरकारी कार्यालयका काम प्रभावित हुने भएका छन् ।

सर्लाहीमा अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने ट्रान्सफर्मर र पोलहरु सानुपर्दा लालबन्दी वितरण केन्द्र अन्तर्गत क्षेत्रको बिजुली पनि अनियमित भइरहेको छ ।