मुर्तिया, १३ पुस – सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय नेता एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टीको क्षेत्र नं. ३ स्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवा अभियन्ता विश्वनाथ महतो, भरत कार्कीलगायत नेकपामा प्रवेश गरेका छन् ।
पूर्व गृहमन्त्री श्रेष्ठले आजै बागमतीमा पार्टीका अगुवा नेता, कार्यकर्तासँग भेटघाट गरेका छन् ।