हरिवन, १३ पुस – जेनजी आन्दोलनताका सिन्धुली कारागारबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–३, डाबरी बस्ने ३० वर्षीय बिमल भन्ने बिरेन थिङ रहेका छन् । थिङलाई अदालतले लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकेपछि सिन्धुली कारागार चलान भएका थिए । जेनजी आन्दोलन हुँदा सिन्धुली कारागार कार्यालयभित्र कैन्दीबन्दीहरु आगजनी र तोडफोड गरेर फरार हुन सफल भएका थिए ।
त्यसरी फरार भएका कैदीबन्दीमध्ये थिङ डाबरी क्षेत्रमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थिङलाई बाँकी कैद भुक्तानका लागि थिङलाई प्रहरीले कारागार कार्यालय मलङ्गवाको जिम्मा लगाइएको छ ।