logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कौडेनाको विशेष गाउँ सभा सम्पन्न


  • उज्यालो अभियान

कौडेना, १३ पुस – सर्लाहीको कौडेना गाउँपालिकाले आज विशेष गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न गरेको छ ।

मधेश प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा आयोजित विशेष गाउँ सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म पुँजीगत र चालुतर्फको खर्च विवरण प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले बताए ।

गाउँ सभाका प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य रायले कौडेना गाउँपालिकाले संविधान अनुसार हिउँदे अधिवेशन गरेर चालु आर्थिक वर्षमा हालसम्म भएका गतिविधि तथा विकास कार्य सम्वन्धी प्रगति प्रतिवेदन सार्वजनिक गरिकोप्रति खुसी व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दासको स्वागत तथा लेखा अधिकृत हरिनारायण साहले संचालन गरेको विशेष गाउँ सभा समारोहमा गाउँ सभा सदस्य, १ देखि ७ सम्मका सबै वडाका जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।