logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेकपाको एकता सन्देश सभा सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, १२ पुस – सर्लाही सदरमुकाम मलंगवामा आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सम्पन्न भएको छ ।

जिल्लामा विभिन्न ७ वटा घटक नेकपामा आवद्ध रहेका छन् । पार्टीका नेता अच्युतम काफ्‌लेको अध्यक्षता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा एकता सन्देश सभा सम्पन्न भएको हो ।

सभालाई प्रमुख अतिथि श्रेष्ठसहित नेताहरु सुरेन्द्र लामा, प्रल्हाद बुढाथोकी, सुवास काफ्‌ले, रामेश्वर राय, अशोक यादव, बेची लुंगेली, प्रमोद साह, वीरेन्द्र राय, कमल सुस्लिङलगायतले सम्वोधन गरेका छन् । नेतृ आरती लामाले संचालन गरेको कार्यक्रममा नेकपामा आवद्ध घटकका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले सर्लाही जिल्ला लेखा आयोग अध्यक्ष एवं यूवा संघका पूर्व जिल्ला अध्यक्ष रमेश चौलागाईलगायत नेकपामा प्रवेश गरेका छन् ।