logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुर ४ बालविवाहमुक्त वडा घोषणा


  • उज्यालो अभियान

सागरनाथ, ११ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथलाई आज बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

वडा कार्यालय, ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे्रनको सहयोग तथा सहकार्यमा बालविवाहमुक्त अभियान संचालन निर्देशिका–२०८२, बमोजिमका निर्देशिका प्रक्रिया र सूचकहरु पूरा गरी बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडाध्यक्ष प्रेमकुमार थिङ तामाङको अध्यक्षता, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल राय यादवको प्रमुख आतिथ्यता र नगरप्रमुख मनोजकुमार आचार्यको विशिष्ठ आतिथ्यतामा ईश्वरपुर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

यो अभियानलाई सफल बनाउने व्यक्ति तथा संघसंस्थालाई कार्यक्रममा सम्मान गरिएको छ । सिन्धुली कलाघरका कलाकारसहितको उपस्थितिमा सागरनाथ गाउँमा बाजागाजासहित र्याली निकालेर घोषणा सभाको आयोजना गरिएको थियो । कार्यक्रमका अतिथि तथा अन्य सहभागीले बालविवाहमुक्त वडा घोषणा अभियान सफल बनाइ अब ईश्वरपुर नगरपालिकालाई नै बालविवाहमुक्त नगर घोषणा गर्न प्रवितद्धता व्यक्त गर्दै हस्ताक्षरसमेत गरेका छन् ।

ईश्वरपुर यसअघि वडा नं. १२ कालिन्जोर घारिबथान मंसिर २९ गते नगरकै पहिलो बालविवाहमुक्त वडा घोषणा भएको थियो ।