logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन साकोसले साधारणसभाको अवसरमा आँखा शिविर चलायो


  • उज्यालो अभियान

स्थानीयको आँखा परीक्षण गर्दै भिजन प्वाइन्ट अप्टिकल हब हरिवनका स्वास्थ्यकर्मी । (तस्बिर : उज्यालो अभियान)

हरिवन, ०५ पुस – हरिवन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औं वार्षिक साधारण सभाको अवसरमा निःशुल्क आँखा शिवर सम्पन्न गरेको छ ।

हरिवन-८, चापिनीस्थित कार्यालयको भवन परिसरमा आयोजित साधारण सभाको अवसरमा शेयर सदस्यसहित स्थानीयहरुको निःशुल्क आँखा परीक्षण तथा सामान्य औषधी समेत वितरण गरिएको संस्थाका प्रबन्धक तिलकप्रसाद खतिवडाले जानकारी दिए । आँखा शिविरमा सहकार्य गर्ने भिजन प्वाइन्ट अप्टिकल हब हरिवनका संचालक प्रेमराज दाहालका अनुसार १२६ जनाको आँखा परीक्षण तथा औषधी वितरण गरिएको छ ।

साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ मा १३ करोड ६२ लाख चारहजार ८४३ रुपैंया ३८ पैसाको कारोबार गर्दै ४४ लाख ५४ हजार ६७२ रुपैंया ६९ पैसा खुदा नाफा गरेको छ । संस्थामा हाल ७२२ महिला र ५३३ पुरुष गरी एकहजार २५५ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता (महिला/पुरुष), ज्येष्ठ शेयर सदस्य (महिला/पुरुष), उत्कृष्ट शेयरधनी (महिला/पुरुष), उत्कृष्ट मुद्धती बचतकर्ता, उत्कृष्ट ऋणि, बाल बचतकर्ता लगायतलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष भरतकुमार कार्कीको अध्यक्षता रहेको साधारण सभा उद्घाटन समारोहमा जेष्ठ शेयरसदस्यद्व बलबहादुर योगी र महालक्ष्मि उप्रेतिको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थापक अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सल्लाहकार समिति संयोजक सुशिला विशिष्ट आतिथ्यता तथा नगर सहकारी संजाल हरिवनका संयोजक रामप्रसाद घिमिरे लगायतको आतिथ्यथा रहेको थियो । कार्यक्रम सञ्चालन सचिब चन्द्रप्रसाद उप्रेती (दिपक)ले गरेका थिए ।