पर्सा, ०६ पुस – सर्लाहीको पर्सा गाउँपालिकामा आज सम्पन्न अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको उपाधि वडा नं. ४ जिंगडवाले जितेको छ ।
वडा नं. ३ नारायणपुर क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नारायणपुरलाई नै ३३ रनले पराजित गर्दै जिंगडवाले उपाधि हात पारेको हो । बिजेता वडा नं. ४ ले उपाधिसहित नगद २५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता नारायणपुरले भने १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष धिरेन्द्र राय विस्पद, उपाध्यक्ष नुतन देवी, प्रमुख प्रशासकीय अधिकृत मदन थिङलगायत भएर पुरस्कार वितरण गरेका छन् ।
मंसिर २९ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ६ वटै वडाले सहभागिता जनाएका थिए ।