logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : उपाधिका लागि आयोजक र धनुषा भिड्दै


  • उज्यालो अभियान

हरिपुर, ०१ पुस सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा आयोजित प्रथम हरिपुर गोल्डकप–२०८२ को उपाधिका लागि आज आयोजक र धनुषाले खेल्दै छन् ।

प्रतियोगिताको फाइनलमा आयोजक नवसंघर्षशील यूवा क्लब र टिएसपी एफसी धनुषाबिच प्रतिस्पर्धा हुन लागेको हो । यि दुईबिचको उपाधि भिडन्त दिउँसो २ बजेपछि सानो जगतपुर खेल मैदानमा सुरु हुने छ ।

बिजेताले ट्रफीसहित नगद १ लाख ५० हजार हात पार्ने छ भने उपबिजेतालाई ७५ हजार रुपियाँ प्रदान गरिने छ ।

सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक र विधागतरुपमा उत्कृष्ट खेलाडीलाई पनि आज नगदसहित सम्मान गरिने आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा १० दिनदेखि जारी प्रतियोगिता आज सकिन लागेको हो ।