logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मधेश प्रदेशमा सर्लाहीका दुई जना मन्त्री


  • उज्यालो अभियान

हरिवन, २९ मंसिर – नवगठित मधेश प्रदेश सरकारमा सर्लाहीका दुई जना प्रदेश सांसद मन्त्री बनेका छन् ।

सर्लाही क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सांसद जंगिलाल राय केही दिनअघि नै विना विभागिय मन्त्री बनेका थिए । रायलाई आज मन्त्रिपरिषद् पुर्नगठन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै मुख्यमन्त्री कृष्णकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्दा सर्लाही क्षेत्र नं. ३ का प्रदेश सांसद जवाहारलाल कुशवाहाले पनि मन्त्रीको जिम्मेवारी पाएका छन् । कुशवाहाले उर्जा, सिँचाई तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

राय नेपाली कांग्रेस र कुशवाहा माओवादी केन्द्र (हालको नेपाली कम्युनिष्ट पार्टी) का प्रदेश सांसद हुन् ।

नवनियुक्त मन्त्री राय र कुशवाहालाई जिल्लाका राजनीतिज्ञ, जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा आम नागरिकले सामाजिक सन्जालमार्फत बधाई ज्ञापन गरिरहेका छन् ।