राजेन्द्र महताे ।
मलंगवा, २५ मंसिर – अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
आज जिल्ला कार्यसमिति सर्लाहीको मलंगवामा बसेको बैठकले सर्लाही निर्वाचन क्षेत्र २ बाट पार्टी अध्यक्ष महतोको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए ।
अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम भने अगामी बैठकबाट सिफारिस गरिने जिल्ला अध्यक्ष यादवले बताए ।