logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आजबाट क्वाटरफाइनल खेल, धनुषा र दुधौली भिड्दै


  • उज्यालो अभियान

हरिपुर, २५ मंसिर – सर्लाहीको हरिपुर नगरपालिका २ सानो जगतपुरमा जारी पहिलो हरिपुर गोल्डकपमा आजबाट क्वाटरफाइनल चरणका खेल सुरु हुँदै छ ।

आज पहिलो क्वाटरफाइनल खेलमा टिएसपी धनुषा र ब्रदर्श यूथ क्लब दुधौली सिन्धुलीले खेल्दै छन् । धनुषा हरिपुर यूवा समूहलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आइपुगेको हो भने दुधौलीले भने सोझै बाइ पाएर आज पहिलो खेल खेल्न लागेको हो ।

यसअघि हिजो भएको खेलमा कटारी टाइगर फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मोफसलकै चर्चित र पुरानो क्लब वीरगन्ज युनाइटेड पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो चरण अन्तर्गतको अन्तिम खेलमा कटारीलाई पेनाल्टी सुटआउटमा ४–२ ले पाखा लगाउँदै वीरगन्जले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा एभरेष्ट फुटबल एकेडेमी र चिडियादह स्टार चन्द्रनिगाहपुर रौतहट पहिलो खेलमा बिजयी भइ क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक नवसंघर्षशील यूवा क्लबले भने सोझै बाइ पाएर भोली २६ गते चिडियादह स्टार चन्द्रनिगाहपुरसँग क्वाटरफाइनल खेल खेल्दै छ ।

नवसंघर्षशील यूवा क्लब हरिपुरले हरिपुर नगरपालिका र हरिपुर वडा नं. २ को आयोजनामा स्थानीयस्तरमा ठूलो फुटबल प्रतियोगिता आयोजना गरिरहेको हो ।

प्रतियोगिताको बिजेताले एक लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल पुस १ गते हुने आयोजक क्लबका अध्यष अमृत घिसिङले जानकारी दिए ।