logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रधानाध्यापक रायमाथि दुर्व्यवहार, अध्यक्ष श्रेष्ठमाथि कारवाहीको माग


  • उज्यालो अभियान

लालबन्दी, २४ मंसिर – नेपाल शिक्षक महासंघ लालबन्दी नगर समितिले जनज्योति आधारभूत विद्यालय लालबन्दी १६ परवानीपुर भोर्लेनीका अध्यक्ष पदम श्रेष्ठमाथि कारवाहीको माग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले प्रधानाध्यापक राममिलन रायलाई कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै शिक्षक महासंघले कारवाहीको माग गरेको हो ।

महासंघका नगर अध्यक्ष केदारप्रसाद घिमिरेले प्रेस विज्ञप्ती जारी गर्दै विगतमा समेत व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, नगर शिक्षा समितिका पदाधिकारीहरुको उपस्थ्िितमा सम्पूर्ण शिक्षक वर्गकै मानमर्दन हुने गरी गालीगलौच गरेको उल्लेख गरेका छन् ।