logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रदेश सांसद महतोलाई मन्त्री बनाउन लोसपा सर्लाहीको सिफारिस 


  • उज्यालो अभियान

चन्द्रनगर, २३ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सर्लाहीले प्रदेशसभा सदस्य उपेन्द्र महतोलाई यो पटक मन्त्री बनाउन केन्द्रीय अध्यक्षलाई पत्र नै पठाएको छ ।

लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद राय यादवले आज पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई सम्वोधन गरेर पत्र लेख्दै सर्लाही क्षेत्र नं. १ (क) बाट दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचत भइसकेका महतोलाई मन्त्री बनाउन सिफारिस गरेका हुन् । लोसपासमेतको समर्थनमा मधेश प्रदेशमा भर्खरै नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

पार्टीका ९ जना प्रदेशसभा सांसदमध्ये ८ जना बारम्बार मन्त्री र विभिन्न लाभको पदमा बसेपनि सर्लाहीबाट दुई/दुई पटक निर्वाचित प्रदेश सभा सदस्य महतोले भने एक पटक पनि कुनै मौका नपाएको लोसपा नेपाल सर्लाहीका नेता, कार्यकर्ताको गुनासो छ । वर्तमान प्रदेश सरकारमा सर्लाहीबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य जंगिलाल रायले मन्त्री बन्ने अवसर पाएका छन् ।

बिना विभागिय मन्त्री रायलाई मन्त्रालय तोकिएको छैन् । अब भोली मुख्यमन्त्री यादवले विश्वासको मत लिएपछि विना विभागिय मन्त्रीहरुलाई मन्त्रालय तोक्ने र अरु नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने तयारी छ ।