logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : हेटौंडा र रौतहटले खेल्दै


  • उज्यालो अभियान

हरिपुर, २२ मंसिर – सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा जारी प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदै छ ।

प्रतियोगिताको दोस्रो खेलमा आज हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडियादह स्टार रौतहटले खेल्न लागेका हुन् । खेल दिउँसो २ बजेपछि जगतपुरस्थित फुटबल मैदानमा सुरु हुने अयोजक नव संघर्षशील युवा क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

प्रतियोगितको उद्घाटन खेलमा हिजो एभरेष्ट एकेडेमी लालबन्दीले गोलबजार स्पोर्टस् क्लब सिरहालाई १–० ले पराजित गरेको थियो ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको सहयोगमा पुस १ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने छ ।