बयलवास, १९ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासस्थित नारायण माध्यमिक विद्यालयमा आज विद्यालय भवनको उद्घाटन गरिएको छ ।
दुई चरणमा गरी करिव २ करोड खर्चिएर निर्माण गरिएको तीन तले १२ कोठे विद्यालय भवनको नगर प्रमुख मनोजकुमार आचार्यले उद्घाटन गरेका हुन् । नमूना विद्यालय कार्यक्रम अन्तर्गत संघीय सरकारबाट प्राप्त अनुदानले विद्यालय भवन तयार पारिएको प्रधानाध्यापक फणिराज बरालले जानकारी दिए ।
प्रअ बरालका अनुसार तीन तले भवनमाथि अहिले २० लाखको हाराहारीमा विज्ञान प्रयोगशाला निर्माणाधीन नै छ । विद्यालय भवन उद्घाटन समारोहम नाराण माविबाट २०४७ सालमा एसइइ दिएका विद्यार्थीले विद्यालयमा अहिले अध्ययनरत् ६० जना अतिविपन्न बालबालिकालाई ब्याग प्रदान गरेका छन् ।
यस्तै नेपाली सेनाले राष्ट्रिय सेवा दलगण (एनसीसी) तालिम प्रदान गरेका विद्यालयका ३० जना विद्यार्थीलाई आज विद्यालयमा स्वागत तथा सम्मान समेत गरिएको छ ।