हरिवन, १४ मंसिर – सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने उद्देश्यसहित आज डोंगा पूजा गरेको छ ।
उद्योगका उखु प्रवन्धक योगनारायण रजकले पुसको पहिलो सातादेखि मिल संचालन गर्ने उद्देश्यसहित आज डोंगा पूजा गरिएको जानकारी दिए । इन्दुशंकरले गएको वर्ष ३० लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।
गत वर्षको तुलनामा चालु क्रसिङ सिजन २०८२/८३ मा साढे चार लाख बढी अर्थात् ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुरप्रसाद नेपालले बताए । इन्दुशंकर चिनी उद्योगले उद्योगपति राजेश केडिया, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादव, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु राय, अन्य उखु किसान, उद्योगका कर्मचारी, मजदुरलगायतको उपस्थितिमा डोंगा पूजा सम्पन्न गरेको हो ।