logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२५ औँ जनमुक्ति सेना दिवस : सहीदका परिवार सम्मानित


  • उज्यालो अभियान

हरिवन, ०९ मंसिर – सर्लाहीको हरिवनमा २५ औँ जनमुक्ति सेना दिवस मनाइएको छ ।

पूर्व जनमुक्ति सेना संघ नेपाल सर्लाहीले हरिवनस्थित रोशन स्मृति पार्कमा जनमुक्ति सेना दिवस मनाएको हो । दिवसको अवसरमा जिल्लामा माओवादी द्वन्द्वकालमा ज्यान गुमाएका सहीदका परिवार र बागमती निवासी जिल्लाका प्रथम सहीद इन्द्र कोइरालाको परिवारका लागि घर निर्माण गर्न सहयोग गर्ने अच्यूतम काफ्ले, रमेश बुढाथोकी (कमल), भरतकुमार थापा, सन्देश श्रेष्ठलगायतलाई सम्मान गरिएको छ ।

पूर्व जनमुक्ति सेना संघ नेपाल सर्लाहीका अध्यक्ष टंकबहादुर बोहोराको अध्यक्षता तथा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व जनमुक्ति सेनाका कमाण्डर माधव सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।