लालबन्दी, ०७ मंसिर – नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सह–संयोजक माधवकुमार नेपाल लालबन्दी आइपुगेका छन् ।
पार्टीले लालबन्दी पार्टी प्यालेसमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न नेपाल अघि दिउँसो यहाँ आइपुगेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम जारी रहेको नेकपाकी केन्द्रीय सदस्य एवं मधेश प्रदेशसभा सांसद बेची लुंगेलीले जानकारी दिईन् ।
पार्टी एकीकरणपछि नेकपाको सर्लाहीमा पहिलो कार्यक्रम भइरहेको हो ।
केन्द्रमा ११ घटक सहभागी भएपनि सर्लाहीमा भने तत्कालिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ५ घटक मात्रै अहिले एकीकरणमा समावेश हुन आएका छन् ।