logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पूर्व प्रधानमन्त्री नेपाल आज लालबन्दी आउने 


  • उज्यालो अभियान

लालबन्दी, ०७ मंसिर – विभिन्न ११ राजनीतिक दल मिलेर भर्खरै एकीकरण भएको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सहसंयोजक माधवकुमार नेपाल आज सर्लाहीको लालबन्दी आउँदै छन् ।

पार्टीले लालबन्दी पार्टी प्यालेसमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न नेपाल यहाँ आउन लागेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नेकपाकी केन्द्रीय सदस्य एवं मधेश प्रदेशसभा सांसद बेची लुंगेलीले जानकारी दिईन् ।

नेता नेपाल हिजै गृह जिल्ला रौतहट आएर बसेका छन् । पार्टी एकीकरणपछि नेकपाको सर्लाहीमा पहिलो कार्यक्रम हुन लागेको हो ।

केन्द्रमा ११ घटक सहभागी भएपनि सर्लाहीमा भने तत्कालिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ५ घटक मात्रै अहिले एकीकरणमा समावेश हुन आएका छन् ।

आजको कार्यक्रमको तयारीस्वरुप अस्ती शुक्रबार लालबन्दी पार्टी प्यालेसमै भएको छलफलमा ५ राजनीतिक घटकमा आवद्ध नेताहरु सहभागी भएका थिए ।