logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

माधवकुमार नेपाल भोली लालबन्दी आउने


  • उज्यालो अभियान

लालबन्दी, ०६ मंसिर – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भोली लालबन्दी आउने भएका छन् ।

लालबन्दी पार्टी प्यालेसमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न नेता नेपाल भोली मध्यान्ह यहाँ आउन लागेका हुन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका विभिन्न ११ वटा पार्टी मिलेर भर्खरै नेकपा गठन भएको छ ।

उक्त पार्टीमा सर्लाहीमा क्रियाशील रहेका विभिन्न पाँचवटा घटक तत्काल एकतामा सहभागी भएका छन् । पार्टी एकतापछि हिजो लालबन्दीमा नेता, कार्यकर्ताबिच बैठकसमेत सम्पन्न गरिएको छ ।

भोलीको कार्यक्रमको तयारीस्वरुप पार्टी एकीकरणमा सहभागी भएका सबै घटकबिच छलफल गरिएको पार्टीका नेता सुरेन्द्र लामाले जानकारी दिए । छलफलमा पार्टीका नेताहरु लामासँगै लक्ष्मण पौडेल, बेची लुंगेली, प्रमोद साह, अच्युतम काफ्ले, प्रल्हाद बुढाथोकी, कमल सुस्लिङ, सावित्रा बुढाथोकी, कमल बुढाथोकी, आरती लामालगायतको उपस्थिति रहेको थियो ।

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते प्रदेश राजधानी जनकपुरमा सन्देश सभा आयोजना गर्दै छ । त्यसको तयारी स्वरुप पनि भोली लालबन्दीमा पार्टीका केन्द्रीय सहसंयोजक नेपालको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको नेताहरुले बताएका छन् ।