logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जनज्योति क्याम्पसको २६ औँ वार्षिकोत्सव सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, ०६ मंसिर – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको २६ औँ वार्षिकोत्सव एवं क्याम्पस सभा आज सम्पन्न भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता र लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको विशिष्ठ अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव एवं क्याम्पस सभाले विभिन्न प्रतिवेदन तथा नियमावली पारित गरेको छ ।

सभाबाट आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को बजेट, जनज्योति जर्नल भाग–३ र शिक्षक, कर्मचारी नियमावली पारित गरिएको क्याम्पस व्यवस्थापन समितिका सदस्य योगराज देवकोटा (युवराज) ले बताए ।