आगलागीमा जलेको स्कारर्पियो । (तस्बीर : उज्यालो अभियान)
फूलजोर, ०३ मंसिर – सर्लाहीको बाँके जङ्गलमा गुडिरहेको स्कार्पियोमा आगलागी भएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१३, बाँके जङ्गलको तेस्रो लच्का नजिक मधेश प्रदेश ०२–००१ च ११४१ नम्वरको स्कार्पियोमा आगलागी भएको हो । गएराति मध्यरातमा जनकपुरबाट चितवनका लागि छुटेको स्कार्पियोमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फूलजोर र इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
बाल्टिनले पानी हालेर स्कार्पियोमा लागेको आगो निभाइएको केशरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहले उज्यालो अभियानसँग बताए ।
आगलागीबाट स्कार्पियोमा पूर्णरुपले क्षति पुगेको छ । इन्स्पेक्टर सिंहका अनुसार जलेको स्कार्पियो प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको छ ।
स्कार्पियो चालक धनुषाको जनकपुरधाम महानगरपालिका–१४, का २७ वर्षीय गौतम साहलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको केशरगन्ज प्रहरीले जनायो ।