logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

घिमिरे हाजिर भएसँगै खुल्यो तालाबन्दी


  • उज्यालो अभियान

मलंगवा, ०३ मंसिर – सदरमुकामस्थित मलंगवा नगरपालिकामा उपप्रमुख र वडाध्यक्षहरुले गरेको तालाबन्दी आज ११ औँ दिनमा खुलेको छ ।

आफूहरुको माग सम्वोधन गर्न मेयर नागेन्द्रप्रसाद यादवले बेवास्ता गरेको भन्दै उपमेयर शकुन्तलादेवी साह र वडाध्यक्षहरु भएर कात्तिक २३ गते नगरपालिका कार्यालयमा अनिश्चितकालिन ताला लगाइदिएका थिए । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेर पठाएको उपसचिव होमप्रसाद घिमिरेले आज हाजिर हुँदै नगर उपप्रमुख र वडाध्यक्षहरुले राखेको माग सम्वोधन गर्न पहल तथा समन्वय गर्ने प्रतिवद्धता जनाएपछि ताला खुलेको हो ।

आजै हाजिर भएर तालाबन्दी खुलाउन सफल भएका उपसचिव घिमिरेले सबैबिच समन्वय गरेर कामलाई गति दिने उज्यालो अभियानसँग बताएका छन् ।