logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ट्रान्सफर्मर चोरी गर्ने गिरोहका ९ जना पक्राउ


  • उज्यालो अभियान

मलंगवा, ०२ मंसिर – जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहका ५ जना नेपाली र ४ जना भारतीयलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले अहिले पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराइरहेको छ ।