logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

‘सर्भर’ चल्यो, आजदेखि नागरिकता जारी हुने


  • उज्यालो अभियान

मलंगवा, ०२ मंसिर – ‘सर्भर’ चल्न थालेसँगै सर्लाहीमा आजबाट पुनः नयाँ र प्रतिलिपी नागरिकता जारी गर्न सुरु गरिँदै छ ।

हिजो दिनभर नै सर्भर नचल्दा जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयले नागरिकता जारी गर्न सकेका थिएनन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अहिले बिहान उज्यालो अभियानसँग कुरा गर्दै केन्द्रबाटै सर्भरमा समस्या आउँदा हिजो समस्या भएपनि आजदेखि पुनः नियमित काम हुने जानकारी दिएका छन् ।

हिजो अचानक सर्भरमा आएको प्राविधिक समस्याका कारण सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकतासम्वन्धी सेवा लिन पुगेका सेवाग्राही मारमा परेका छन् ।

यि तीन कार्यालयमा नागरिकता सम्वन्धी सेवा लिन पुगेका ३०० बढी सेवाग्राही प्रभावित बनेका हुन् ।