logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आसन्न निर्वाचनका सम्वन्धमा सरोकारावालसँग छलफल


  • उज्यालो अभियान

मलंगवा, ०२ मंसिर – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मलंगवामा आज सरोकारावालासँग छलफल गरिएको छ ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको आज जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले हाल रहेका मतदानस्थल स्थानान्तरण गर्नुपर्ने भए वा नयाँ कुनै थप गर्नुपर्ने आवश्यकता भए सिफारिस पठाउन वडास्तरीय समितिलाई आग्रह गरेको हो ।

सर्लाहीमा हाल ३१२ मतदानस्थल र ६०० मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले जानकारी दिए ।

 

यस्तै निर्वाचनसँगै आज नै जिल्ला विपत व्यवस्थापन समितिको बैठकसमेत सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । उनका अनुसार बैठकमा अब शिलतहर प्रभावितलाई कसरी जोगाउन भनी छलफल गरी तयारीको काम अघि बढाउने निर्णय गरिएको छ ।