लालबन्दी, ०१ मंसिर – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महासचिवमा लालबन्दी निवासी अन्जना शिवाकोटी मनोनित भएकी छन् ।
अनेरास्ववियुको आज सम्पन्न पदाधिकारी बैठकले यसअघि उपाध्यक्ष रहेकी शिवाकोटीलाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । आजको बैठकले अध्यक्ष डा. सुजन कडरियाको राजिनामा स्वीकृत गर्दै अध्यक्षमा महासचिव दीपक धामीलाई ल्याउने निर्णय गरेसँगै उपाध्यक्ष रहेकी शिवाकोटीले महासचिवको जिम्मेवारी पाएकी हुन् ।
शिवाकोटी लालबन्दी नगरपालिका ७ निवासी हुन् । उनले जिल्लामा रहँदा पनि अनेरास्ववियुको विद्यार्थी राजनीतिमा लामो समय सक्रिय भएर काम गरेकी थिईन् ।