logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बालविवाह अन्त्यका लागि साइकल र्याली


  • उज्यालो अभियान

सागरनाथ, ०१ मंसिर – बालविवाह अन्त्य गर्ने उद्देश्यसहित सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा साइकल र्याली निकालिएको छ ।

सागरनाथ बाल समूहको आयोजना तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहयोगमा बालविवाहविरुद्ध सचेतना जगाउँदै साइकल र्याली निकालिएको हो । ईश्वरपुरको वडा नं. ४ लाई बालविवाहमुक्त घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको ग्रामीण नारी उत्थान संघकी विन्दा लुंगेलीले जानकारी दिईन् ।

बालविवाहमुक्त वडा घोषणा गर्न समुन्नति परियोजना अन्तर्गत यस्ता सचेतनामूलक कार्यक्रम जारी रहेको लुंगेलीले बताईन् । उनका अनुसार सागरनाथस्थित खाल्टे बजारबाट सुरु भएको साइकल र्याली गाउँ परिक्रमा गर्दै पुनः खाल्टे बजारमै आएर कोण सभामा परिणत भएको थियो ।

सभालाई वडाध्यक्ष प्रेमबहादुर थिङ तामाङ, नगर कार्यपालिका सदस्य लीला पनेरु, टोल सुधार विकास समितिका अध्यक्ष जनकलाल स्याङ्बा, सागरनाथ बाल समूहका अध्यक्ष समिर पुरी, सखुवनी बाल समूहकी अध्यक्ष शिक्षा सिंह, सागरनाथ बाल समूहका कोषाध्यक्ष शिवानी विकलगायतले मन्तव्य राख्दै बालविवाह अन्त्यका लागि प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।

विद्यार्थी, अभिभावकलगायतलाई समेटेर सचेतनामूलक कार्यक्रम संचालन गर्न थालेपछि बालविवाहमा कमी हुँदै गएको ग्रामीण नारी उत्थान संघले जनाएको छ ।