फाइल तस्बीर ।
बयलवास, ३० कात्तिक – सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बिर्ता नजिक आज दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दर्घुटनाका घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रदेश २ ०२ ००१ त २२४१ नम्वर ट्याक्टर र प्रदेश २ ०३ ०१३ प १९९७ नम्वरको मोटरसाइकल ठोक्किँदा चन्द्रनगर ३ बडकुर्वाका मोटरसाइकल चालक २८ वर्षीय अक्षयकुमार सिंह कुशवाहा घाइते भएका छन् । उनलाई बयलवासमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए ।
इन्स्पेक्टर सिंहका अनुसार ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।
यसअघि केहीबेर अघि मात्रै अर्को हेलिकप्टर आएर ब्रम्हपुरीमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेलाई काठमाडौं लगेको थियो ।