logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिवनमा बाला चतुर्दशी मेला लाग्ने


  • उज्यालो अभियान

सन्जु कर्ण/हरिवन, २९ कात्तिक – बाला चतुर्दशीको अवसर पारेर हरिवनमा मेला लाग्ने भएको छ ।

हरिवन नगरपालिका १ कैलाशपुरीमा यही मंसिर १ र २ गत्ते दुई दिन बाला चतुर्दशी मेलाको आयोजना गरिएको मेला संयोजक कृश पुलामीले जानकारी दिए । मेलामा आकर्षक खेलहरु, रोटे पिङ, सास्कृतीक कार्यक्रम, नृत्य प्रतियोगीता, गीत संगीत आदीले मनोरन्जन दिने संयोजक पुलामीले बताए ।

कार्यक्रममा अहिलेका चर्चित गायक कर्णराज गिरी, डान्सरहरु रेणु श्रेष्ठ र साबित्री परियारको प्रस्तुती रहने छ । बाला चर्तुदशीको अवसरमा सर्लाहीका अन्य विभिन्न स्थानहरुमा पनि मेला लगाउने तयारी भइरहेको स्थानीयले बताएका छन् ।