logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मधेश खेलकुद परिषद्को पहिलो वार्षिकोत्सव मनाइयो


  • उज्यालो अभियान

मलंगवा, २७ कात्तिक – लामो प्रयासपछि मधेश प्रदेशमा गठन भएको खेलकुद परिषद्ले आज पहिलो वार्षिकोत्सव मनाएको छ ।

मधेशमा गत वर्ष मात्रै प्रदेश खेलकुद परिषद् गठन भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहने गरी प्रदेश खेलकुद परिषद् गठन भएको हो । परिषद् मातहत आठवटै जिल्लामा गठन भएका जिल्ला खेलकुद परिषद्ले आज प्रदेशका आठवटै जिल्लामा प्रथम वार्षिकोत्सव मनाएका छन् ।

परिषद्को पहिलो वार्षिकोत्सवको अवसरमा सदरमुकाम मलङ्गवास्थित कभर्ड हलमा दीप प्रज्वलन र क्रिकेट प्रतियोगिता गरिएको सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोजित केसीले जानकारी दिए ।

खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी, खेल सम्वद्ध विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि र खेलाडीको उपस्थितिमा प्रथम मधेश खेलकुद परिषद् वार्षिकोत्सव मनाइएको हो ।