logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चुरे जनता आधारभूत विद्यालयमा ४ कोठे भवनको उद्घाटन


  • उज्यालो अभियान

हरिवन, २७ कात्तिक – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयमा दुई तले ४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ ।

सर्लाही क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य एवं पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले हिजो विद्यालय भवनको उद्घाटन गरेका हुन् । संघीय सरकारले उपलब्ध गराएको १ करोड बजेटबाट विद्यालय भवन तयार पारिएको हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले जनकारी दिए । उनका अनुसार विद्यालय भवन उद्घाटनकै अवसरमा स्थानीय शंकर रायमाझी र इन्दिरा रायमाझीले विद्यालयलाई ६ थान कम्प्युटर र ५० वटा कुर्सी हस्तान्तरण गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको अध्यक्षता तथा पूर्व मन्त्री उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, हरिवनका निवर्तमान नगरप्रमुख गणेश प्रसाद प्रसाई, वडाध्यक्ष ढुंगानालगायतको आतिथ्यता रहेको थियो ।