परवानिपुर, २५ कात्तिक – गरिमा विकास बैंकले सर्लाहीको परवानिपुरस्थित डिम जनता माध्यमिक विद्यालयलाई एक थान ‘स्मार्ट बोर्ड’ प्रदान गरेको छ ।
लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको उक्त विद्यालयलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्मार्ट बोर्ड उपलब्ध गराएको हो । विद्यालयका प्रधानाध्यापक ध्रुवबहादुर भण्डारीले बैंकको लालबन्दी शाखाबाट प्राप्त स्मार्ट बोर्डले विद्यार्थीलाई डिजिटल प्रविधिमार्फत पठनपाठनका लागि सहजता भएको बताए ।
बैंकका क्षेत्रीय प्रमुख दयाकान्त साह, लालबन्दी शाखाका प्रवन्धक अमृत कोइरालालगायतले लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकी, प्रधानाध्यापक भण्डारीलगायतलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका छन् ।
गरिमा वकास बैंकका क्षेत्रीय कार्यालय प्रमुख साहले ग्रामीण भेगको सामुदायिक विद्यालयलाई प्रदान गरिएको स्मार्ट बोर्डले विद्यार्थीको ज्ञान र सीप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
स्मार्ट बोर्ड हस्तान्तरण गर्न विद्यालयमा पुगेका बैंकका प्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकले खादा, माला र अविरसहित स्वागत तथा सम्मान गर्नुभएको छ ।