logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

डम्म भएर लागेको हुस्सु हट्दै


  • उज्यालो अभियान

लालबन्दी, २२ कात्तिक – सर्लाहीमा आज बिहानैदेखि डम्म भएर लागेको हुस्सु विस्तारै हट्दै गइरहेको छ ।

हुस्सु हटेर यहाँ घाम लाग्न थालेको हो । उत्तरी चुरेभेग र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा हुस्सु हटेर घाम देखा पर्न थालेको स्थानीयले जानकारी दिएका छन् । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने बाक्लो मात्रामा हुस्सु लागिरहेको स्थानीयले बताएका छन् ।

अली गहिरो भू–भाग पर्ने भएकाले दक्षिणी भेगमा ढिलो गरी हुस्सु हटेर घाम लाग्ने गरेको छ । सर्लाहीसहित मधेश प्रदेशमा क्रमिकरुपमा चिसो बढ्दै जान थालेको छ ।

राति चिसो स्याँठ र शितले जाडो बढाउँदै लगेको हो । दिनभर भने घाम लाग्ने गरेकाले स्थानीयले गर्मी नै महशुस गर्ने गरेका छन् ।