logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दी भेट्रान र हरिवन भेट्रानबिचको खेल बराबरीमा टुंगियो


  • उज्यालो अभियान

पत्थरकोट, २१ कात्तिक – वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना भइरहेको पत्थरकोटमा आज आयोजित लालबन्दी भेट्रान र हरिवन भेट्रानबिचको खेल बराबरीमा टुंगिएको छ ।

मैत्रीपूर्ण खेलमा दुवै टिमबाट २–२ गोलको बराबरी भएको हो । लालबन्दी १३ पत्थरकोटस्थित छेडा गाउँमा रहेको फुटबल मैदानमा भोली आठौं नगरस्तीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदै छ । फाइनल खेलअघि आज छिमेकी दुई पालिकाका भेट्रान अर्थात् पाका उमेरका खेलाडीबिच मैत्रीपूर्ण खेल खेलाइएको हो ।

आठौं वडाध्यक्ष कपको उपाधिका लागि भोली दिउँसो वडा नं. ११ र आयोजक वडा नं. १३ ले प्रतिस्पर्धा गर्दै छन् । भोली प्रतियोगिताको समापनसमेत गरिने लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए । प्रतियोगितामा हिजो तेस्रो स्थानका लागि तय गरिएको प्रतिस्पर्धामा वडा नं. १६ सहभागी नभएपछि वडा नं. ३ लाई बिजेता घोषणा गरिएको थियो ।

बुधबार आयोजक वडा नं. १३ सँग भएको सेमिफाइनल खेलमा आफूले गरेको गोललाई रेफ्रीले अफसाइड दिएको भन्दै वडा नं. १६ ले तेस्रो स्थानको प्रतिस्पर्धामा भाग नै लिएन । तेस्रो स्थानको बिजेता घोषणा गरिएको वडा नं. ३ ले नगद ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने छ ।

फाइनलमा प्रतिस्पर्धा गर्न लागेका वडा नं. ११ र १३ बिचमा हुने खेलको बिजेताले भने १ लाख ११ हजार १११ रुपैयाँ र उपबिजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने वडाध्यक्ष वैद्यले उज्यालो अभियानसँग बताए । उनका अनुसार भोली हुने फाइनल खेलको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।