logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भिजेको धान स्याहार्दै किसान


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिपुर, २० कात्तिक – सर्लाहीका किसानले भिजेको धान स्याहार्न सुरु गरेका छन् ।

गएको बिहीबारदेखि आइतबारसम्म भएको भारी वर्षाले यहाँका किसानले काटेर खेतमा पाँजा सुकाएको धान भिजाएको थियो । चार दिनको वर्षामा भिजेको धान किसानले धमाधमा थ्रेसर लगाएर भित्र्याउन सुरु गरेका हुन् ।

लगातार चार दिनसम्म पानी पर्दा पाँजामा रहेको धान उम्रिन थालिसकेको किसानले गुनासो गरेका छन् । सोमबारदेखि यहाँ मौसम सफा भएर घाम लाग्न थालेपछि किसानले भिजेको धान भित्याइरहेका हुन् ।

हरिपुर नगरपालिका–२, का किसान हेम थापाले काटेर खेतमा सुकाएको धान चार दिनसम्म पानी परेर भिजाइदिएको गुनासो गरेका छन् ।