logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मलंगवामा बिहानैदेखि हुलाकी सडकमा चक्काजाम


  • उज्यालो अभियान

मलंगवा, १९ कात्तिक – ठेकेदारको बद्मासीले गर्दा लामो समयदेखि अलपत्र हुलाकी सडक कालोपत्रे गर्न माग गर्दै सर्लाही सदरमुकाम मलंगवामा स्थानीयले बिहानैदेखि चक्काजाम गरेका छन् ।

सडकको धुलोले सास्ती खेप्नु परेको भन्दै स्थानीयले मलंगवास्थित पूर्वपश्चिम हुलाकी राजमार्गमा प्रदर्शनसहित चक्काजाम गरिरहेका हुन् । मलंगवाका स्थानीयले पटक पटक यसरी चक्काजाम गर्दा ठेकेदारले कालोपत्रे गरिसक्ने म्याद दिने तर कामै नगरेर गुजार्ने परिपाटी रहेको छ ।

यो पटक आफूहरु कालोपत्रे नहुन्जेल आन्दोलन नरोक्ने मनस्थितिमा रहेको स्थानीय युवा सोहन झाले उज्यालो अभियानसँग बताएका छन् ।

अरु ठाउँमा कालोपत्रे भइसके पनि मलंगवा बजारको हुलाकी रोड मात्रै पिच हुन बाँकी रहेको छ । सडक कालोपत्रे नहुँदा स्थानीय, यात्रु र दुई पांग्रे सवारीका चालकले धुलोको मार खेप्दै आएका छन् ।