logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीका सिडिओ श्रेष्ठको सरुवा, गोरखाबाट कडरिया आउने


  • उज्यालो अभियान

मलंगवा, ०९ कात्तिक – सर्लाहीमा प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले आज ३६ जना सहसचिवको सरुवा गर्दा सर्लाहीका सिडिओ पनि फेरिएका हुन् । गएको पुस २५ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा हाजिर भएका श्रेष्ठको अब गोरखाको सिडिओको रुपमा सरुवा भएको छ ।

सर्लाहीको सिडिओमा गोरखामा कार्यरत सहसचिव रामुराज कडरियालाई पठाइएको छ ।

अहिले छठपर्व चलिरहेकाले शान्ति सुरक्षा चुस्त दुरुस्त राख्नुपर्ने भएकाले सिडिओ श्रेष्ठ छठपर्व सकिएपछि मात्रै बिदा भएर जाने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सुरक्षा निकायका प्रमुख अहिले छठपर्वलाई के कसरी शान्तिपूर्वकरुपमा सम्पन्न गर्ने भनी सुरक्षा प्रवन्ध मिलाउन लागि परेका छन् ।